सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता

लोकपथ
49
Shares

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।

कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो ।

उक्त सम्झौताअनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधि खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्री यम बहादुर महतले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?