पाकिस्तानी पूर्व क्रिकेटर इमरान खान समलैगिक भएको पूर्व पत्नीको दाबी

एजेन्सी : पाकिस्तानका पूर्व क्रिकेटर तथा पाकिस्तानको तहरिक इन्साफ पार्टीका नेता इमरान खान समलैंगिक भएको  उनकी पूर्वपत्नी रेहाम खानले दाबी गरेकी छिन् ।

यसअघि रेहामले इमरानमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

रेहामले इमरान समलैंगिक रहेको विषय र तहरीक इन्साफ पार्टीका सदस्यहरूसँगको आफ्नो सम्बन्धका  आधारमा तयार पारिएको आत्मकथामा यो विषय उल्लेख छ ।

रेहामले आफ्नो पुस्तक मार्फत पाकिस्तान अभिनेता हामजा अलि अब्बासी,  तहरीक इन्साफका सदस्य मुराद सइदबीच समलैंगिक सम्बन्ध रहेको खुलाएकी छिन् ।

यो विषयमा अहिलेसम्म हाम्जा र इमरानले समलंैंगिकताको विषयमा  कुनै अभिव्यक्ति सार्वजनिक गरेका छै्रनन् । तर सइदले भने ट्विटर मार्फत यी आरोपलगाई खारेज गरेका छन् ।

रेहामले विवाह अघि इमरानले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

रेहामको किताबको पाण्डुलिपि चुहिए यता उनी विवादमा रहँदै आएकी छिन् ।

रेहामले इमरानको अवैध सम्बन्ध तहरीक इन्साफका मेडिया संयोजक अनिला ख्वाजासँग रहेको बताएकी छिन् । 

त्यतिमात्रै होइन उनले पाकिस्तानका क्रिकेट खेलाडी बसिम अकरमले आफ्नो पत्नीको यौन चाहना पूरा गराएका छन् ।

कालो मानिससँगको यौन क्रियामा पत्नीलाई लगाएर त्यो आफू देखि बसेको उनले दाबी गरेकी छिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?