कामना सेवा विकास बैंक र माेकाे एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

लोकपथ
28
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र माेकाे एपबीच ‘FOCUSONE Payment Solutions’को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ‘FOCUSONE Payment Solutions’का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

माेकाे एप नेपालमा पहिलो ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै त्तच् कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब माेकाे एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरिद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।

जस्तैः टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?