काठमाडौं – न्यूरोड बटुटोलका २० वर्षीय बिवेक शर्मा पढाईमा अब्बल थिए । एसएलसीसम्म उनी आफ्नो स्कुलमा प्रथम नै भए ।
तर, जव कलेज पढ्न थाले उनको पढाइ कमजोर हुदै गयो । राजधानीकै एक चर्चित उच्चमाविमा साइन्स विषय अध्ययन गरिरहेका लामाको १२ कक्षामा ब्याक लाग्यो ।
बुबा–आमा ब्यापारी भएकाले उनका लागि राम्रो र महंगो कलेजमा अध्ययन गर्नु, मोटरसाइकल फेरी–फेरी चढ्नु नयाँ कुरा थिएन ।
अभिभावकले पनि एक्लो छोरा, पढाइ पनि राम्रो होस, भन्नका लागि प्रायः सबै माग पुरा गरि दिएका थिए । तरपनि छोराको क्रियाकलाप वारेमा पटक्कै हेक्का राख्दैनन् थिए ।
एक दिन साँझ साथीको ‘वर्थ डे’ छ भन्दै घरबाट निष्केका बिवेक तीन दिनसम्म वेपत्ता भए । छोरा वेपत्ता भएपछि चिन्तित अभिभावकले छोरा अपहरणमा प¥यो भन्दै प्रहरीमा उजुरी गरे ।
तर, उनी अपहरणमा होइन, सिंहदरवारस्थित प्रहरीको खोरमा भेटिए । लागूऔषध चरेश सहित पक्राउ परेपछि बिबेकले नाम समेत ढाँटेर अभिभावकलाई खवर नगरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।
अभिभावकले पुलपुल्याएकै कारण लागूऔषधको कुलतमा फसेका बिबेक यतिखेर भने कलेजमा होइन मासिक २० हजार शुल्क तिर्ने गरी राजधानीकै एकसुधार गृह (पुनस्र्थापना केन्द्र ) मा पुर्याइएका छन् ।
परिवारको एक्लो छोरा कुलतमा फसेपछि बिबेकका अभिभावकलाई यतिखेर छोराको अवस्था देखेर रुनु न हाँस्नु जस्तै भएको छ । सहारा बन्ला भनेको छोरा उल्टै यातना र पिडाको भारी बनेको दुख उनीहरुसंग छ ।
त्यस्तै–समस्या बेहोरी रहेका छन्, नेपाल प्रहरीका एक पूर्वउच्च अधिकारी । ती पूर्वप्रहरी अधिकारीको पिडापनि बिवेकका बुबाआमाको भन्दा कम छैन ।
छोरा– छोरीलाई राम्रो डाक्टर बनाउने ती पूर्वप्रहरी अधिकारीको सपना भने तुहिएको छ । पढाई राम्रो हुने आशाले ‘वोर्डस’ गरेका छोरा र छोरी दुबैजना लागूऔंषधको कुलतमा फसेपछि उनीहरु छाँगाबाट खसेजस्तै भएका छन् ।
नेपाल प्रहरीको साँगास्थित स्कुलबाट उच्च शिक्षा अध्ययन गरी एमवीवीएसको तयारीमा जुटेको छोरो नै कुततमा फसेपछि ती अधिकारीले छोरोलाई कुलतबाट छुटाउन ‘अष्टे«लिया’ पठाउने तयारी गरे ।
छोरो अष्ट्रेलिया गएको तीन महिना नपुग्दै फेरी फर्केर नेपाल नै आइपुग्यो, ती अधिकारीले भने–छोरा र छोरी दुबैजना मेरा लागि ज्यूँदो लाश जस्तै भए ।
उल्लेखित यी सत्य दुई घटना लागूऔषधको कुलतमा फसेका युवाहरुको परिवारले भोग्नु परेको पिडाको ज्वालन्त उदाहरणमात्र हुन । आर्थिक रुपले सम्पन्न परिवारका छोराछोरीहरु लागूऔषधको कुलतमा नराम्रोसंग फसेका छन् ।
गृह मन्त्रालय लागू औषध कानुन कार्यान्वयन शाखाका अनुसार, काठमाडौंमा मात्र करीव ८० हजार युवायुवतीहरु लागूऔषधको कुलतमा फसेका छन् ।
आर्थिक कन्ट्रोलको अभाव र अभिभावक :
आर्थिक रुपले सम्पन्न परिवारका छोराछोरी कुलतमा फस्ने समस्या बढी देखिएको छ । कामको ब्यष्ततासंगै अभिभावकहरुले छोराछोरीका क्रियाकलापप्रति चाँसो दिन नसक्दा यस्तो समस्या देखिएको हो ।
यतिसम्मकी छोराछोरीहरु लागूऔषधको कुलतमा फसेसंगै कतिपय घरपरिवार ‘उजाड मरुभूमि’ जस्तै बन्ने गरेको छन् ।
विशेष गरी छोराछोरीको सुन्दर भविश्यका लागि भन्दै मरिमेटी दुख गर्ने अभिभावकहरुले सन्तानको क्रियाकलापप्रति समय–समयमा चाँसो नराख्दा लागूऔषधको कुलतमा फस्ने समस्या बढेको हो ।
नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्द भन्छन– छोराछोरीलाई लागूऔषध कुलतमा लगाउने जिम्मेवार ब्यक्ति भने कै अभिभावक हुन ।
साथीसंगी लगायत अन्य वातावरणको प्रभावले पनि केही युवाहरु कुलतमा फसेको देखिन्छन । तरपनि त्यसमा अभिभावकको नै मुख्य कमजोरी देखिन्छ ।
बढ्दै गरेको युवा अन्य कुलत छोड्न सक्छ, तर लागूऔंषधको लतमा फसेपछि छोड्न सक्दैन उनका अनुसार, त्यस कारण यसको लतबाट आफ्ना सन्तानलाई सुरक्षित र टाढा राख्नु पर्छ ।
उनीहरुका क्रियाकलापप्रति बारम्वार चाँसो राख्ने, सजग र सचेत रहनु नै सबै भन्दा उत्तम उपाय हो । काठमाडौंको ब्यष्त जीवनमा छोराछोरीको भविश्यका लागि दुख गर्नेहरु धेरै छन् ।
लागूऔषधको कुलतमा फसेकाहरु अभिभावकहरुका लागि ‘सानो छदा मर्लाकी भन्ने डर, हुर्किसकेपछि मार्लाकी भन्ने डर भने जस्तै हुने गरेका छन् ।
मुख्य कमजोरी अभिभावकको
छोराछोरी लागूऔषधको कुलतमा फस्नुमा अभिभावकहरुको मुख्य कमजोरी देखिएको छ । साथीसंगी र देखासिकीले बच्चा विग्रिदैनन् लागूऔषध नियन्त्रणकर्ता ऋषिराम भण्डारीले भने– जस्को ‘गार्जेन’ ब्यष्त, विदेश र केयरफूल गर्दैन्न, त्यसको बच्चा कुलतमा फस्ने सम्भावना धेरै हुन्छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार, युवायुवती लागूऔंषधको कुलतमा फस्नुमा ५० प्रतिशत अभिभावकको कमजोरी देखिन्छ ।
ठोसमा पदार्थमा चुरोट तथा हुक्का र तरल पदार्थमा वियर तथा वाइन पिउनबाट शहरका युवायुवतीहरुले अम्मल पिउने लतको शुरुवात गर्ने गर्छन ।
काठमाडौंमा लागूऔषध प्रयोग गर्नेहरुमा ३१ प्रतिशत १० प्लस टु पढ्नेहरु छन् ।
छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने नाममा अभिभावकहरुले नै मनग्गे खर्च दिने, कतिपयका बा–आमा विदेश बस्ने, उनीहरुका क्रियाकलापप्रति खासै चाँसो नदिने र एकअर्काको देखासिकीमा रमाइलो गर्ने भएकाले युवाहरुमा यो समस्या बढेको हो ।
मुलुकभर १ लाख ५० हजार लागूऔषध दुब्र्यशनी
गृह मन्त्रालय लागू औषध नियन्त्रण ईकाइको तथ्याङ्क अनुसार, नेपालमा एकलाख ५० हजार लागूऔषध दुब्र्यशनी रहेको अनुमाना गरिएको छ ।
१५ देखि २४ वर्ष उमेर समूहका दुब्र्यशनीहरु ५२ प्रतिशत, २५ देखि ३४ वर्ष उमेर समूहको दुब्र्यशनीहरु ४२ र ३५ वर्ष भन्दा माथि उमेर समूहको ६ प्रतिशत छन् ।
त्यस्तैं, शैक्षिकस्तरका आधारमा २८ प्रतिशत एसएलसीभन्दा कम अध्ययनरत, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत १० प्लस टु गरिरहेका छन् ।
अन्य स्नातक तह भन्दामाथि अध्ययन गरेका छन् । चुरोट, रक्सी र गाँजाबाट शुरु हुने लागूऔषधको लत चरेश, हेरोइन, हुदै मेडिकल औषधि जन्य लागूऔंषधमा ठोकिन्छ । ड्रग एडिग भएसंगै जीवन वरवाद हुने गरेको छ ।
औषधि जन्य लागूऔषध डाइजेपाम, बुनुफ्रिन र फेनारगन सिरिन्जको सहयोगमा लिन बाध्य हुन्छन् । जुन अन्तिम ‘स्टेज’ हो ।
सिरिन्जबाट लागूऔषध लिनेहरुलाई पुनर्जीवन दिन कठिन हुने गरेको पाइएको छ । रिहाव सेण्टर (पुनस्र्थापना केन्द्र ) मा भर्ना भएर निको भएकाहरु पुन लागूऔषधको कुलतमा फस्नुको मुख्य कारण नै सिरिन्जको लत हो ।
लागूऔषधका कारण घर परिवार र समाजमा झै–झगडा, द्धन्द्ध र अशान्तिसंगै चोरी, डकैति, लुटपाट, आगजनी, काटमार र तोडफोड, बलात्कार, आत्महत्या जस्ता जघन्य अपराध हुने गरेका छन् ।
त्यस्तैं, प्राणघातक रोगहरु एचआइभी ÷ एड्स, यौन जन्य रोग, हेपाटाइटिस बी र सी, क्षयरोग तथा मानसिक रोग लाग्ने गरेको छ । नेपालमा रहेका करीव ८० हजार लागूऔषध प्रयोगकर्तामा एचआइभी एड्स र हेपाटाइटिस बी देखिएको छ ।
लागूऔषधको प्रयोग नेपाली समाजका लागिमात्र नभइ विश्वका लागि नै ठूलो शत्रुका रुपमा देखा परेको छ । जस्का कारण विश्वमा वर्षेनी साढे दुई लाख मान्छे लागूऔषधको कुलतमा फस्ने गर्छन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक तथ्याङकले विश्वमा १४ करोड लागूऔषध दुब्र्यशनीहरु रहेको जनाएको छ । जस्को आहारा नै लागूऔषध हो ।
लागू औषधका किसिम :
नेपालमा स्वदेशी र विदेशी गरी छ किसिमको लागूऔषधहरु पाइन्छन ।
हेरोइन ( सेतो र खैरो ), कोकिन, अफिम, चरेश÷गाँजा र औषधिजन्य लागूऔषधहरु । चरेश÷ गाँजा र अफिम नेपालमा नै उत्पादन हुन्छ । अफिम अन्य मुलुकबाट समेत आयात हुने गरेको छ ।
गाँजा र चरेशपछि नेपालमा मेडिकल जन्य लागूऔषधको प्रयोग बढी हुने गरेको छ ।
मेडिकल जन्य लागूऔषधमा डाइजेपाम, एम्फेटामाइन (स्यूडो), बु्रफिनर्फिन, कोडिन, नाइट्रोसन, लुप्रिजेसिक, फेनारगन, नाइट्रोजेपाम, कोरेक्स र स्पास्मो गरी ५० भन्दा बढी किसिमका छन् ।
नेपाल–भारत खुला सिमानाका कारण सहजै रुपमा भित्रिने यस्ता लागू औषध सस्तो मूल्यमा सहज रुपमा उपलब्ध हुने भएकाले नेपाली युवाहरुले बढी प्रयोग गर्ने गर्छन ।
अन्य लागूऔषध महंगो हुने भएकाले अधिकांसले मेडिकल जन्य लागूऔषधको प्रयोग गरेका हुन । तर, सम्पन्न परिवारका दुब्र्यशनीहरुले भने हेरोइन, कोकिन र अफिम जस्ता महंगो मल्यूका ड्रगहरु प्रयोग गर्छन ।
नेपालमा लागूऔषध कारोवारको अवस्था यस्तो छ :
नेपाल प्रहरीले प्रत्येक वर्षमा तीन खर्व रुपियाँ मूल्यको लागूऔषध बरामद गर्ने गर्छ ।
आर्थिक वर्ष –२०७४÷२०७५ मा मात्र चरेश / गाँजा ८० लाख २१ हजार अमेरिकी डलर मूल्य बरावरको, कोकिन ३२ लाख डलर मूल्यको, हेरोइन २० लाख २२ हजार डलर, अफिम सातलाख डलर मूल्य र मेडिकल जन्य लागूऔषध १६ लाख ८४ हजार डलर मूल्यको गरी करीव ८३ लाख डलरको लागूऔषध बरामद गरेको छ ।
नेपालमा वर्षमा करीव चार अर्वको लागुऔषधको कारोवार हुने गरेको जनाइएको छ ।
लागूऔषध सम्वन्धि कानुनी फितलो :
लागूऔषध ( नियन्त्रण) ऐन–२०३३ को दफा ४ मा लागूऔषध सम्वन्धी कसुर तथा सजायको ब्यवस्था यस प्रकार गरेको छ ।
लागूऔषध सेवन, कारोवार, निकासी, पैठारी र भण्डारण लगायतका कामलाई निषेध गरी लागूऔषधका किसिम, सेवन, कारोवार, उत्पादन र परिमाणका आधारमा पृथक सजाय हुने ब्यवस्था छ ।
सजाय तोक्दा अपराधको मात्रालाई हेरी न्यूनतम एकवर्ष जेल सजायदेखि एकलाख रुपिँयाँ जरिवाना छ । सो सजायमा पनि तजविजको अधिकार न्यायाधिसलाई दिएको छ ।
अन्य मूलुकमा लागूऔषध ओसारपसार र कारोवारलाई जघन्य अपराधको रुपमा लिने गरेको छ ।
यस्तो अपराधले ब्यक्ति विशेषलाई मात्र नभइ सिंगोे परिवार, समाज र राष्ट्रलाई घात गर्ने भएकाले आजिवन कारावास तथा मृत्यु दण्डको ब्यवस्था छ ।
तर, नेपालमा भने कमजोरी कानुनसंगै एकपटक पक्राउ परी सजाय भुक्तान गरी छुटेको ब्यक्ति पुन दोहोरियर आउने गरेका छन् ।
अन्तराष्ट्रिय अपराधिक समूहले पनि विश्वका अन्य देशमा लागूऔषध निर्यात गर्न नेपाललाई ‘ट्रान्जिट’ पार्ने गरेको पाइन्छ । यसकारण लागूऔषध सेवन र कारोवार नियन्त्रणमा अपेक्षिकृत सफलता हात पर्न सकेको छैन ।
सुझावहरु :
लागूऔंषध सेवन र कारोवारमा किशोर उमेरका युवायुवती फस्नुको मुख्य कारण अभिभावकहरुको कमजोरी हो ।
यसमा ५० प्रतिशत कमजोरी अभिभावकहरुको देखिन्छ । त्यसपछि मात्र साथीसंगी, बढ्दो जवानी, लहड, रहर, फरस्टेसन र फरक जीवनशैल लगायतका कारणहरु पर्न आउछन ।
बालबालिकाको भविश्यप्रति अभिभावक जति चिन्तित हुन्छन, त्यति उनीहरुको क्रियाकलापप्रति चाँसो र चिन्ता लिदैनन् । जस्का कारण स्वतन्त्र वातावरणसंगै विग्रिने र कुलतामा फस्ने सम्भावना बढी हुन्छ । बालवालिकालाई कुलतबाट जोगाउन अपनाउनु पर्ने सतर्कताहरु यस प्रकार छन् ।
१. फजुल खर्चमा नियन्त्रण,
२. स्कुल÷ कलेजसम्मको क्रियाकलापप्रति रेखदेख,
३ं. छोराछोरी तथा कलेजसंग नियमित सम्पर्क,
४. होस्टेल र वोर्डर्स भन्दा घर कोठा नै उपयुक्त,
५.विलासिताका सामाग्रीहरु खरिद विक्रीमा नियन्त्रण,
६. उनीहरु सुत्ने घर कोठाको नियमित चेकजाँच,
७. उनीहरुले बोक्ने वालेट तथा ब्याग हेरफेर,
८. साथीसंगी संगको सम्वन्धमा वारेमा सोधपुछ,
९.मदिरा, चुरोट पिउने लतको विषयमा जानकार,
१०. पारिवारिक तथा पढाइको तनावबाट मुक्ति ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया