काठमाडाैं : अागामी माैद्रिक नीति तयार गरिरहेको नेपाल राष्ट्र बैंकलार्इ शेयर लगानीकर्ताका तीन वटा संगठनले ५ बुँदे सुझाव दिएका छन् । मार्जिन कर्जाको सिमा ८० प्रतिशत पु-याउनुपर्नेदेखि नेपालको पूँजी बजारमा विदेशी लगानीकर्तालार्इ लगानी गर्न प्रोत्साहन गर्नुपर्नेसम्मका माग यी संगठनले गरेका छन् ।
अघिल्लो हप्ता सरकारले बोनस र हकप्रद शेयरमा पूँजीगत लाभकर लिने निर्णय गरेपछि दूर्इदिनसम्म शेयर कारोबार नै ठप्प पारेका यी संस्थाहरूले देशका ७७ वटै जिल्लाबाट शेयर कारोबार गर्ने व्यवस्था मिलाउन पनि सरकारलार्इ सुझाव दिएको छ ।
यस्ता छन् सुझाव ः
१. मार्जिन कर्जाको सिमा ८० प्रतिशत पु-याउनुपर्ने,
२. बैंक तथा वित्तीय संस्थाहरूलार्इ ब्रोकर लार्इसेन्स दिनुपर्ने, ७७ वटै जिल्लामा शेयर कारोबारको वातावरण मिलार्इनुपर्ने,
३. मार्जिन लेन्डिङको वैज्ञानिक अाधार तयार गर्नुपर्ने, बुक भ्यालु/प्रार्इस अर्निङ रेसियो/मार्केट प्रार्इस र एभरेज प्रार्इसलार्इ मापदण्ड बनार्इनुपर्ने,
४. एभरेज वेटेज १०० प्रतिशतमात्रै कायम गर्नुपर्ने, हकप्रद र बोनस शेयरको मूल्य समायोजन गर्दा सोही मितिमा शेयर धितो कर्जाको मूल्य समायोजित हुनुपर्ने,
५. एनअारएन लगायत विदेशी लगानीकर्तालार्इ पूँजी बजारमा लगानी गर्ने कार्यविधी सुनिश्चित गर्नुपर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया