एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षडयन्त्रबारे आम सञ्चार र सामाजिक सञ्जालमा धुम मच्चाइरहेको देखिन्छ । तर हत्याको षडयन्त्रको विषयलाई पुष्टि गर्न सक्ने आधिकारिक एवं प्रमाणिक प्रमाणको अभाव देखिन्छ ।
केही मानिसहरूलाई गिरफ्तार गरिएको छ । पक्राउ गरिएकाहरूबाट पत्र बरामद गरिएको छ । त्यो पत्रबाट नक्सली भनेर चिनिने भारतको माओवादी समूहले प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइरहेको खुलेको भनिएको छ ।
यो मामिलामा भारतका सत्तापक्ष र प्रतिपक्षका राजनीतिक दलका नेताहरूबीच आरोप प्रत्यारोपको क्रम जारी छ । एक आपसमा यी नेताहरूले यो विषयलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाइरहेका छन् । तर मोदीको हत्याका विषयमा निक्कै कम जानकारी सार्वजनिक गरिएको छ ।
राजधानी दिल्लीमा गृहमन्त्रालयले मोदीको हत्याको मामिलामा आधारित भएर आन्तरिक सुरक्षाको समिक्षा बैठक डाक्यो ।
पक्राउ गरिएका व्यक्तिहरूलाई माओवादीको सम्पर्क सूत्र र शहरी सम्पर्क सञ्जालको हिस्सा भनेर उल्लेख गरिएको छ । उनीहरूलाई तह लगाउन एक योजना पनि तयार गर्न लागिएको छ ।
गृहमन्त्री राजनाथ सिंहले राष्ट्रीय सुरक्षा सल्लाहकार अजित डोभाल, गृह सचिव और गुप्तचर ब्युरोका निर्देशकका अतिरिक्ति माओवादी हिंसा प्रभावित राज्यहरूका प्रहरी अधिकारीहरूका साथ लामो बैठक गरेका थिए ।
सोमबार गरिएको सो बैठकमा नयाँ शिराबाट नक्सली विरोधी अभियान चलाउने योजना तैयार गरियो ।
दलित आदिवासी नक्सली दृष्टिकोण
पेशवाको सेनाको विरोधमा अंग्रेजी शासकको तर्फबाट लड़ेका दलितहरूको जीतको २००औं वर्षगाँंठको आयोजना पूणाको कोरेगाँव–भीमा गरिएको थियो ।
यो आयोजनालें दलितहरू र उपल्लो जातहरूबीच भिडन्त भयो । सो भिडन्तमा एकको मृत्यु भएको थियो भने कतिपय घाइते भएका थिए ।
यो वार्षिकोत्सवको आयोजना स्थानीय प्रशासनबाट अनुमिति लिएर दलित संगठन एल्गार परिषदले गरेको थियो ।
हिंसापछि दुई प्रथम ऊजुरी एफÞआइआर दर्ता गरियो । पुणे पुलिसका संयुक्त आयुक्त रविंन्द्र कदमका अनुसार यो ऊजुरी विश्रामबा पुलिस स्टेशन दर्ता गरियो ।
पहिलो एफआईआरमा कबीर कला मञ्च नामक सांस्कृतिक मञ्चलाई अभियुक्त बनाइयो । तर अर्को एफआईआरमा गुजरातकोे दलित नेता जिग्नेश मेवाणी र जेएनयूका पूर्व विद्यार्थी उमर खलिदलाई अभियुक्त बनाइयो ।
यी दुई विरूद्ध दलितहरूलाई भड़काउने भाषण दिएको आरोप लगाइएको छ ।
पुलिसले जनाए अनुसार कबीर कला मञ्चको सम्बन्ध माओवादीहरूसँग रहेको छ । पुणे पुलिसले यो हिंसापछि ५ छुट्टा छुट्टै समूह गठन ग-यो । ती समूहले यो मामिलाको जाँच गरिरहेका छन् ।
पुणे पुलिसका अनुसार, ’एल्गार परिषद’का नेताहरूं, सदस्यहरू र कार्यकर्ताहरूको विषयमा अनुसन्धान गरिरहेको छ ।
यसक्रममा एल्गार परिषद्का नेताहरूको इमेल जाँच गरिएको प्रहरीको दाबी गछ । यस छानबिनबाट कुनै कमरेड प्रकाशलाई कुनै एमले लेखेको इमेल फेला परेको हो ।
प्रहरीले गरेको दाबी अनुसार जसरी राजीव गान्धीको हत्या गरियो त्यसैगरी नै प्रधानमन्त्री मोदीमाथि हमला गर्ने योजना बनाइएको छ ।
पुणे पुलिसका आधिकारीहरूले दिएको बयानमा माओवादीहरूले कोरेगाँव–भीमामा ं पेशवाको हारको २००औं वार्षिकोत्सवको आयोजनामा आर्थिक सहयोग गरेको उल्लेख छ ।
पक्राउ
यो पूरा प्रकरणमां ५ जनालाई विभिन्न ठेकानबाट छापामारी पक्राउ गरिएको हो । दिल्ली, मुम्बई पुणे र नागपुरमा छापामारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको दाबी गरेको छ ।
साथै प्रहरीले माओवादीहरूको शहरी सञ्जालको ठेकान पता लगाउन सफलता पाएको दाबी पनि गरेको छ ।
गिरफ्तार गरिएका ५ मध्ये ४लाई प्रहरीले रिमान्डमा राखेको छ । अवाञ्छित क्रियाकलापमा संलग्न भएको आरोपमा अनलाफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ ।
सुधीर ढवले
दलित अधिकारका लागि संघर्ष गर्ने चर्चित कार्यकर्तासुधीर ढवले कोरेगाँव–भीमामा आयोजित कार्यक्रमका आयोजक मध्येका एक हुन् । उनले दलित अधिकारका लागि एक मराठी पत्रिका– ’विद्रोही’ को सम्पादन पनि गरिरहेका छन् । पुलिसका अनुसार ढवले माओवादीहरूको ’शहरी नेटवर्क’मा आबद्ध छन् ।
शोमा सेन
पेशाले अंग्रेजी विषयकी प्रोफेसर शोमा सेनलाई नागपुरबाट गिरफ्तार गरियो । उनका पति तुषार भट्टाचार्यलाई गत वर्ष गुजरात पुलिसले ’माओवादी समर्थक’ भएको आरोप गिरफ्तार गरेको थियो ।
आठ घन्टे छापामारीमा पुलिसले सेनलाई नागपुरबाट पुणे लगियो । सेन विरूद्ध पनि माओवादी समर्थक भएको आरोप लगाइएको छ ।
सुरेंद्र गडलिंग
पेशाले वकील भएका सुरेंद्र गडलिंग ’इंडियन एसोसिएशन अफÞ पिपल्स लायर्सको महासचिव पनि हुन् । पुणे पुलिसले गडलिंगले माओवादीहरूलाई कानूनी सहयोग मात्रै नगर्ने भइ माओवादी ’शहरी नेटवर्क’का महत्वपूर्ण व्यक्ति भएको दाबी गरेको छ ।
महेश राउत
यसअघि महेश राउतलाई छत्तीसगढमा उत्खन्नको कार्यको विरोध गर्दाका बेला माओवादीसँग सम्बन्ध रहेको आरोप लगाइएको थियो । राउतलाई महाराष्ट्रको गढ़चिरोलीबाट गिरफ्तार गरियो ।
रोना विल्सन
पुलिसको आरोप अनुसार दिल्ली यूनिवर्सिटीका प्रोफेसर जीएन साईंबाबाका निकटतम साथीहरू मध्ये एक रोना विल्सन हुन् ।
साईंबाबालाई पनि माओवादी ’शहरी नेटवर्क’मा संलग्न भएको आरोपमा गिरफ्तार गरिएको छ ।
विल्सन राजनीतिक बन्दीलाई रिहा गराउने कमिटी – कमिटी फर द रिलीज अफ पोलिटिकल प्रिजÞनर्सका जनसम्पर्क सचिव हुन् ।
पुणे पुलिसले दिल्ली पुलिसको विशेष सेलको सहयोगमा ं उनको घरमा छापा मारी उनलाई गिरफ्तार गरियो ।
पुलिसले जनाए अनुसार छापामारी अप्रिल महिनामा भएको थियो । जाँचका लागि जफत गरिएका सामानहरूको छानबिनबाट उनको सम्बन्ध माओवादीहरूसँग रहेको फेला परेको थियो ।
प्रधानमन्त्रीमाथि हमला गर्ने योजनासम्बन्धी इमेल विल्सनको घरमा छापामारी गरिएका सामानहरूबाट फेला परेको प्रहरीले दाबी गरेको छ ।
राजनीतिक हलचल
गिरफ्तारी र छापामारीपछि रिपब्लिकन पार्टी अफ इन्डियाका नेता र केन्द्रिय मन्त्री रामदास अठावलेले दलित कार्यकर्ताहरूलाई माओवादी भनि गिरफ्तार गर्नु गलत भएको बताए । उनले प्रधानमन्त्रीलाई यो मामिलामा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
अठावलेको यो माग पछि कांग्रेस पार्टीका प्रवक्ताले एक ट्विट गरी भने –झूठो को बोलिरहेको छ ।मन्त्री वा महाराष्ट्रको सरकार? ”
कांग्रेस पार्टीका प्रवक्ता रणदीप सिंह सुरजेवालाले अठावले गलत भनिरहेका छन् भने उनका विरूद्ध कारवाही हुनुपर्ने होइन भने पुलिसले आफ्ना आरोपलाई पुष्टि गर्ने आधार प्रस्तुत गर्न पर्ने माग गरेका छन् ।
ठीक यही बेला राष्ट्रवादी कांग्रेस पार्टीका नेता शरद पवारले पुणामा आयोजित समारोहलाई सम्बोधन गर्दै भने “ “प्रगतिशील कार्यकर्ताहरूलाई माओवादी भनी फँसाउने काम भइरहेको छ ।” उनले भने “माओवादीहरूको नाममा भारतीय जनता पार्टीले भोट सहोर्न खोजेको चाल हो ।”
पवारको यो टिप्पणी प्रति आक्रमक हुँदै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भने “शरद पवार क्षुद्र राजनीति गरिरहेका छन् ।”
स्रोतः बीबीसी हिन्दीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया