एजेन्सी : जापानमा अब वयस्क हुने उमेर १८ वर्ष गरिएको छ । यसअघि वयस्क हुने उमेर २० वर्ष थियो । तर यो व्यस्क हुने कानुन सन् २०२२देखि लागु हुनेछ ।
सन् १८७६यता पहिलो पटक जापानमा वयस्क हुने उमेरमा यो परिवर्तन गरिएको छ ।
युवालाई हुने लाभ
जापानी युवा युवतीलाई २० वर्ष अघि विहेवारी गर्न घरपरिवारको अनुमति आवश्यक हुने छैन् । विहे गर्न पाउने उमेरका आधारमा १८ वर्षका केटाले १६ वर्षकी केटीसँग विवाह गर्न पाउनेछन् ।यस्तो अवस्थामा घरपरिवारको सहमति आवश्यक हुनेछ ।
यो कानुन अनुसार १८ वर्ष उमेरका केटाहरूलाई विवाह गर्न आमाबाबुको अनुमतिको आवश्यकता नहुने भएको छ ।
यसका अतिरिक्त युवायुवतीहरूले घरपरिवारको सहमति बिना क्रेडिट कार्ड र ऋण पनि लिन पाउने भएका छन् ।साथै राहदानी पनि लिन चाहे यस्ता उमेर समूहका युवाहरूले १० वर्ष सम्मका लागि लिन पाउने छन् ।
यो कानुनका साथै अन्य २० कानुनमा संशोधन गरिएको छ । यसमा राष्ट्रियता र चार्टर्ड एकाउन्टलगायतका कानुनमा संशोधन गरिएको छ ।
जापानी युवाले अहिले गर्न नहुने कार्य
जापानका १८ वर्षका युवा यो कानून संशोधन भएपनि रक्सी पिउन, जुवा खेल्न र सन्तानलाई धर्मपुत्र पुत्री बनाउने जस्ता काम गर्न पाउने छैनन् । यी काम गर्नका लागि २० वर्षको उमेर पूरा गर्नुपर्ने हुन्छ ।
जापानीहरूको प्रतिक्रिया
जापानी सरकारको यो नयाँ निर्णयबाबट सामाजिक सञ्जालमा जापानीहरू उत्साहित देखिएका छन् ।
एक ट्विटेले लेखेका छन् “१८ वर्षको भएपनि म वयस्क भइहाल्छु तर रक्सी खान सक्दिन, जुवा खेल्न सक्दिन ।यस्तोमा यसको कुनै अर्थ छैन् ।”
परिवर्तनका कारण
जापानमा दशकौंदेखि वयस्क हुने कानुनी उमेरमा परिवर्तन गर्नु पर्ने बहस भइआएको थियो ।
सन् २००९मा जापनको कानुन मन्त्रालय अन्तर्गतको विधायन परिषदले वयस्क हुने उमेर १८गर्न सुझाउ दिएको थियो ।
सत्तासीन सांसदहरूका अनुसार यसबाट बुढो हुँदै जापानी समाजमा घटदो जन्मदरमा सुधार हुने छ । सन् २०१५मा मतादन गर्न पाउने उमेर २० वर्षबाट घटाएर १८ वर्ष गरिएको थियो ।
यो कानुन सन् २०२२देखि लागू हुनेछ । यसबाट अहिले १४ वर्षकम उमेर भएका समूहका लागि लाभकारी हुनेछ ।
जापानमा विगतका दशकहरूमा वयस्कको विषयमा बहस भइआएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया