मानवतावादी आइन्स्टिन पनि थिए नश्लवादी

एजेन्सी : विश्वप्रसिद्ध वैज्ञानिक तथा मानवतावादी अल्टर्बट आइन्स्टिन पनि नश्लवादी भएको उनको यात्रा विवरणबाट देखिएको छ ।

हालै प्रकाशित उनको नीजी यात्रा विवरणमा आइन्स्टिन नश्लवादी र अरूलाई हीन बुझ्ने खालका  व्यक्ति भएको खुलेको छ ।

उनले सन् १९२२को अक्टोबरदेखि मार्च १९२३समम एसिया र मध्यपूर्व एसियाको भ्रमण गरेका थिए । त्यसबेलाको उनको डायरीलाई प्रकाशित गरिएको छ ।

उनले चिनियाँहरूलाई मिहनेती , फोहोरी र मन्दबुद्धिको भनेर नकारात्मक टिप्पणी गरेका छन् ।

पछि आइन्स्टिनले अमेरिकामा नागरिक अधिकारको वकालत गरे । उनले भने “नश्लवाद सेता मानिसहरूको एक रोग हो ।”

यो डायरी प्रिन्सटन युनिभर्सिटी प्रेसबाट प्रकाशित भएको छ । आइन्स्टिनले स्पेनबाट मध्यपूर्वबाट श्रीलंका चीन र जापान पुगेका थिए । त्यतिखेर श्रीलंकालाई सिलोन भनिन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?