काठमाडौं । श्रीलंकाको नदीमा खसेर माउन्टेन बाइकर नारायणगोपाल महर्जनको मृत्यु भएको छ ।
श्रीलंकामा बुधबार भएको इन्टरनेशनल रेश च्याम्पियनसिपमा सहभागी काठमाडौंका महर्जनको महावेली नदीमा खसेर मृत्यु भएको हो । उनको राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा च्याम्पियनसिपका दौरान खसेर मृत्यु भएको एएफपीले जनाएको छ ।
महर्जनको आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तराष्ट्रिय रेस च्याम्पियनसिप आयोजना गरेको थियो ।
महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएको छ । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया