काठमाडौं– एन आई सी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका, वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको छ ।
शाखाको बिहिबार एक समारोहका बिच कबिलासी नगरपालिकाका मेयर किशोर यादवले समुद्घाटन गरेको बैंकले जनाएको छ ।
योसँगै बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु पुगेको छ । यस्तै बैंकले २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया