उद्घाटन खेल आयोजक राष्ट्रले जित्ने बिरालोले गर्यो भविष्यवाणी

काठमाडौं । रसियामा आजबाट सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल आयोजक टिमले जित्ने भविष्यवाणी भएको छ । 

‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले विश्वकपको साउदी अरेबियाविरुद्धको उद्घाटन खेलमा रसियाले जित्ने भविष्यवाणी गरेको हो । आजराति ८.४५ बजे रसिया र साउदी अरेबियाले यस विश्वकपको पहिलो खेल खेल्दैछन् ।

आज बिरालो मार्फत गराइएको भविष्यवाणीमा रसियाले जित्ने बताइएको हो । दुई देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलाई विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ । यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलाई विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?