फुटबलको महाकुम्भ फिफा विश्वकप रसियामा सुरु,  भब्य समारोहका विच उद्घाटन (फोटो फिचर)

काठमाडौं। विश्व फुटबलको महाकुम्भ  फिफा विश्वकप फुटबल प्रतियोगिता रसियामा सुरु भएको छ । 

राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा बिहीबारदेखि २१ औं संस्करणको विश्वकप फुटबल  विधिवत रुपमा सुरु भएको हो । 
उद्घाटन समारोहमा विश्व चर्चित ब्रिटेनका गायक रोबी विलियम्स र रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले आ—आफ्नो प्रस्तुती दिएका थिए ।

यता ब्राजिललाई दुई पटक विश्वकपको उपाधी दिलाएका लिजेन्ड रोनाल्डो दुई सुपरस्टार गायकगायिकासाथ मैदानमा देखिएका थिए । ६ क्षेत्रमा भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ।

३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए। जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसाला भएको थियो । अब यी ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ।

८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन् ।

त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ ।

रसिया विश्वकपमा ३२ टिमका कुल ७ सय ३६ खेलाडी सहभागी छन् ।

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?