सूर्या लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज छुट

लोकपथ
70
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीले विषम परिस्थिति तथा विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुलाई ध्यानमा राखी उक्त छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले २ वर्षभित्रको बीमाशुल्कमा ३५ प्रतिशत र २ वर्षभन्दा माथिको बीमाशुल्कमा २५ प्रतिशत ब्याज छुट गरेको छ ।

साथै, कम्पनीले व्यतित जीवन बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेखको बीमाशुल्क भूक्तानी गरी छुटको लाभ लिन पनि ग्राहकलाई आग्रह गरेको छ ।

उक्त बीमाशुल्कको भुक्तानी इसेवा फोन पे, कनेक्ट आईपीएस, खल्ती, अईएमई पे, प्रभु पे र सेल पे मार्फत तिर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?