काठमाडौं । फिफा विश्वकप फुटबलको समूह ‘ए’ को दोस्रो खेलमा आज साँझ इजिप्टले उरुग्वेसँग भिड्दैछ ।
यि दुई टिमविचको खेल एकाटेरिङवर्ग एरेनामा ५ः ४५ मा सुरु हुनेछ । दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ । तीन दशकपछि विश्वकपमा स्थान बनाएको इजिप्टले पहिलो खेलमा जित हात पार्ने मनोवलका साथ खेलाडीलाई मैदानमा उत्रार्दैछन् ।
इजिप्टका स्टार खेलाडी मोहमद सलाहको उत्कृष्ठ खेल कैशल हेर्न लाखौं इजिप्टका फ्यानले प्रतिक्षा गरिरहेका छन् । सलाह गत महिना भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते पछि पुनः मैदानमा देखा परेका हुन् ।
यता दुई पटकको विश्व विजेता उरुग्वेका लागि पहिलो खेलमै इजिप्टसँग खेल्नु चुनौतीपूर्ण देखिन्छ । पछिल्ला २ विश्वकपमा राम्रो प्रदर्शन गरेको उरुग्वे धेरै आशा गरेको इजिप्टमाथि हाबी हुन चाहन्छ । उरुग्वेको टिममा अनुभवी खेलाडी भएकाले आजको खेल उरुग्वेको पक्षमा जान सक्ने खेलकुद विज्ञहरुको भनाई छ । फरवार्डद्वय लुइस सुआरेज र इडिन्सन काभानीको प्रर्दशनबाट उरुग्वेले फाइदा लिन सक्छन् ।
उरुग्वेका प्रशिक्षक ओस्कार वासिङटनले इजिप्टलाई आजको खेलमा खुलेर खेल्न नदिने बताए । सन् १९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन् । पछिल्लो ४८ वर्षमा उरुग्वेले विश्वकपमा खेलेका पहिलो ६ खेलमा ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ ।
उरुग्वेले अहिलेसम्म १४ पटक र इजिप्टले ३ पटक मात्र विश्वकप फुटबल खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया