काठमाडौं। विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ मा रहेको अफ्रिकन टिम मोरक्को र एसियन महराथी इरान आमने—सामने हुदैछन् ।
सेन्ट पिटर्सबर्गमा आजराती ८ः४५ बजे हुने खेलमा यी दुबै टिमले आफ्नो समूह चरणको पहिलो खेल खेल्दैछन् । पूर्व विश्वविजेता स्पेन र पोर्चुगल जस्ता बलियो टिम रहेको समूहमा रहेको मोरक्को र इरानले बराबरी खेले समान १—१ अंक बाड्नेछन् । यता मोरक्को र इरानमध्ये एक टिम नकआउटमा पुग्दा स्पेन र पोर्चुगलमध्ये एउटा टिम समूह चरणबाटै बाहिरिनेछन् । छनोट प्रतियोगितामा दुबै टिमले प्रभावशाली प्रदर्शन गरेको थियो । छनोट चरणमा आठ खेल खेलेको मोरक्कोले एक गोलमात्र खाएको थियो ।
इरानले खेलेको १८ खेलमा ५ गोलमात्र खाएको थियो । मोरक्को २० वर्षको लामो फुटबलको प्रतिक्षाप्रश्चात विश्वकपमा छनोट भएको थियो । दुई दशकपछि विश्वकपमा फर्कदा मोरक्कोले पहिलो खेलमा इरानमाथि जित निकाल्ने अभियानमा छ ।
यता प्रशिक्षक कार्लो क्युइरोजले विगत ७ वर्षदेखि इरानी टिमलाई प्रशिक्षण दिदै आइरहेका छन् । त्यसलै उनी आफ्नो करिअरको अन्त्यमा इरानलाई नयाँ उचाइ दिन चाहान्छन् । सइड इजाटोहालीले यस पटक विश्वकप खेल्ने छैनन् । मेहदी टारेमी र अस्खान डजागेह पनि चोटग्रस्त छन् । मोरक्कोले भने घाइते भएका नविल डिरार टिममा फर्कने अपेक्षा गरेको छ ।
इरानले पाँचौ पटक विश्वकप फुटबल खेलेपनि अहिलेसम्म समूह चरण भन्दा माथिको यात्रा तय गर्न सकेको छैन् । लामो समयको संघर्षपछि विश्वकपमा फर्किएको मोरक्कोका लागि पनि इरान विरुद्धको खेल महत्वपूर्ण छ ।
यो खेलमा अंक बटुल्न सके पोर्चुगल र स्पेन मध्ये एक टिमविरुद्ध अंक खोस्दा उसको दोस्रो चरणमा पुग्ने सम्भावना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया