काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेल आयोजक राष्ट्र रसियाले जितेसँगै ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले सर्वत्र चर्चा चुलिएको छ ।
बिहीबारराती सम्पन्न खेलमा रसियाले जित हातपारेसँगै सेतो बिरालोले गरेको भविष्यवाणी सत्य सावित भएको हो । राजधानी मस्कोको सेनपिटरर्वगको हर्मिटेज म्युजियममा राखेको बिरालोलाई विश्वकप सुरु हुनुअघि भविष्यवाणी गर्न लगाइएको थियो ।
उक्त विरालोले रसिया र साउदी अरेबियाविचको खेलमा रुस विजयी हुने भविष्यवाणी गरेको थियो । विरालोले गरेको भविष्यवाणी पहिलो खेलमै मिलेपछि धेरैको ध्यान अहिले उक्त विरालो तर्फ केन्द्रित भएको छ । रुसले उद्घाटन खेल जितेसँगै ८८ वर्ष यताको इतिहासपनि जोगाएको छ । सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म आयोजक टोली उद्घाटन खेलमा कहिल्यै हारेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया