काठमाडौं । मोडल तथा नायिका स्वस्तिमा खड्का आजभोलि चर्चामा छिन् । फिल्म ‘दुई रुपैयाँ’ को कुटुमा कुटु गीतले उनलाई यति हिट बनायो कि, उनको नाच नहेर्ने शायदै कोही भएनन् । युट्युबमा धेरै हेरिने गीत बन्न सफल यो गीतले उनलाई उचाइ दियो ।
उनले फिल्मबाट त खासै राम्रो तारिफ पाउँदिनन् तर गीतले भने उनलाई राम्रै तारिफ दिन्छ । बलिउडमा आइटम गर्लझैं चर्चित छिन् स्वस्तिमा । नेपाली गीत लोक शैलीका भएकाले ठ्याक्कै आइटम डान्सर भन्न नमिल्ला ।
बिहीवार काठमाडौंको एक हलमा फिल्म ‘जय भोले’ को गीत रिलिज कार्यक्रम थियो । कार्यक्रममा फिल्मका सबैजसो कलाकार उपस्थित थिए । स्वस्तिमा पनि थिइन् । कुटुमा कुटु जस्तै लाग्ने राजनराज शिवाकोटीको गीत रिलिज भयो, स्वस्तिमाले गीतमा गरेको अभिनयलाई धेरैले रुचाए पनि । तर, एउटा संयोग के थियो भने उनको फिल्म जय शम्भो र दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा ३’ दुवै फिल्म दशैंमा रिलिज हुने कुरा छ ।
यही कुरालाई जोड्दै स्वस्तिमालाई कार्यक्रममै प्रश्न सोधियो – तपाईं दुवै फिल्म एकसाथ दशैंमा रिलिज हुँदा तपाईंलाई असर पार्दैन?
लगत्तै उनले प्रियंका कार्कीलाई जोडेर भनिन् – के भो त? प्रियंका (कार्की) दिदीको ४ वटासम्म रिलिज भएको छ मेरो त दुईवटा मात्र हो ।
साथै उनले आफूले छक्का पञ्जा ३ को गीतमा मात्र अभिनय गरेको पनि बताइन् ।
यी चकलेटी नायिकाको यो कच्चा उत्तरले भने उनलाई प्रियंका पथमा डो¥याएको जस्तो देखिन्छ । प्रियंका कार्कीले जुन पथ बनाइन्, त्यसको भविष्यलाई लिएर अहिले गसिप बन्ने गर्छ, आफ्नो करिअरलाई कसरी अगाडि लैजाने भनेर सोध्ने कि, प्रियंका दिदीले जे गर्छिन्, त्यसै गर्दै हिँड्ने भन्नेमा स्वस्तिमाले तय गर्ने हो तर दर्शकले भने स्वस्तिमालाई प्रियंकाको स्वादमा पक्कै देख्न चाहन्नन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया