साताको अन्तिम दिन : नेप्से बढ्ने संकेत

काठमाडौं । साताको अन्तिम दिन नेप्से बढ्ने संकेत देखिएको छ । कारोबारको एक घण्टा अवधिमा नेप्से ९ अंकले बढेको छ ।

यस अवधिमा कारोबारमा आएका सबै उप समूह बढेका छन् । 

१ सय १४ कम्पनीका एक लाख ४२ हजार १५६ कित्ता सेयर ३ करोड ९९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

यस अवधिसम्ममा मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर ४७ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

राधी विद्युत्त र नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयरमूल्य पाँच प्रतिशतले बढेको छ भने प्रोगेसिभ फाइनान्सको सेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?