विश्वकपकाे पहिलाे खेलमै रोनाल्डोको ह्याट्रिक, स्पेनसँग बराबरी

काठमाडौं–  विश्वकपमा स्पेनविरुद्ध पोर्चुगाली खेलाडी क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेका छन् ।  विश्वकपको पहिलो खेलमै उनले ह्याट्रिक पूरा गरेका हुन् । योसँगै उनले क्लब र  पोर्चुगाली राष्ट्रिय टिमबाट गरी आफ्नो खेल जीवनकै ५१ औं ह्याट्रिक समेत पूरा गरेका छन् ।
 शनिबार बिहान  सम्पन्न स्पेन विरुद्धको खेलमा रोनाल्डो चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गरे । यस्तै खेलको ४४ औं मिनेटमा अर्को गोल थपे भने ८८ औं मिनेटमा फ्रिकिकमार्फत थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै पोर्चुगलले स्पेनसँग ३–३ को बराबरी खेल्यो ।  स्पेनका लागि  डिएगो कोस्टाको २ गोल गरे भने नाचोले एक गोल गरे ।
कोस्टाले  खेलको २४ औं र ५५ औं मिनेटमा टीमको लागि गोल गरे भने नाचोले पनि ५८ औं मिनेटमा अर्को गोल गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?