काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महामन्त्री शर्माले आफूसहित परिवारका सबै सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको ट्वीट मार्फत जानकारी दिएका छन् ।
सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाम संक्रमण पुष्टि भएको भन्दै आत्मआलोचित रहेको बताएका छन् । यसअघि करिब ८ महिनाअघि पनि आफूसहित स-परिवार नै संक्रमित भएका थिए । हाल स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेको बताएका छन् ।
८ महिनापछि फेरि सपरिवार संक्रमित !
सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR,आज सबैको रिपोर्ट-Positive lचिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन lएकसातामा फर्किन्छु काममाl
सम्पर्क असुविधामा क्षमा चाहन्छु !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 19, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया