काठमाडौं । बलिउड अभिनेत्री लारा दत्तले आफ्नो फिल्म करियरमा सलमान खानदेखि अक्षय कुमारसम्मका सबै दिग्गज कलाकारहरूसँग काम गरिसकेकी छिन् । हालैको एक अन्तर्वार्तामा अभिनेत्रीले आफ्नो बानीको बारेमा बताइन् जुन अहिलेसम्म परिवर्तन भएको छैन ।
यससँगै उनले आफ्ना सह–कलाकारको बानीबारे पनि केही रमाइला किस्साहरुको खुलासा गरेकी छन् ।
सलमान खान र लारा दत्त :
लारा दत्तले सन् २००५ मा रिलिज भएको फिल्म ‘नो एन्ट्री’ मा अभिनेता सलमान खानको अपोजिटमा अभिनय गरेकी थिइन् । सलमानले उनलाई मध्यरातमा फोन गर्ने गरेको उनले खुलासा गरेका छन् । लारा दत्तले सलमान मध्यरातमा मात्र उठ्ने बताइन् । सलमानको फोन मध्यरातमा मात्रै आउथ्यो र म उठाउँथे ।
अक्षय कुमार र लारा दत्त :
अक्षय कुमारको बारेमा लाराले भनिन्, उनी अझै पनि बिहान सबेरै उठ्छन्। लाराले बलिउडमा आफ्नो अभिनय करियरको सुरुवात अक्षयसँग सन् २००३ मा फिल्म अन्दाजबाट गरेकी थिइन् । दुबै अन्तिम पटक २०२१ मा रिलिज भएको फिल्म बेलबटममा देखिएका थिए ।
सञ्जय दत्त र लारा दत्त :
सञ्जय दत्तको बारेमा कुरा गर्दै लाराले भनिन्, जब म उनलाई भेट्छु, उनी लजले भुतुक्क हुन्छन् । उनीहरु दुबैले सन् २००६ मा रिलिज भएको फिल्म जिंदामा सँगै काम गरेका थिए ।
लारा पछिल्लो पटक फिल्म बेलबोटममा ठूलो पर्दामा देखिएकी थिइन् । जसमा उनले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएका थिइन् । अब उनी जी ५ मा रिलिज हुने सिरिज ‘कौन बनेगा शिखरवती’ मा देखिने छिन् । कौन बनेगा शिखरवतीमा, लाराले सोहा अली खान, कृतिका कामरा र अन्या सिंहसँग विलक्षण राजा (नसीरुद्दीन शाह) का चार छोरीहरूमध्ये एकको भूमिका निर्वाह गर्छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया