विश्वकपः उच्च मनोबलको साथ फ्रान्स मैदानमा उत्रदै

काठमाडौं। फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह ‘सी’ को पहिलो खेलमा युरोपेली पावर हाउस फ्रान्सले अष्ट्रेलियासँग भिड्दैछन् । 

यि दुई टिमविचको खेल काजन एरिनामा दिउसो ३ः४५ बजेबाट सुरु हुदैछ । यस पटकको विश्वकपमा फ्रान्सलाई उपाधीको दाबेदारको रुपमा हेरिएको छ । पछिल्लो समय दुवै टिम फर्म छन् । फ्रान्सले विश्वकप छनोटमा उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।

युरो कप फुटबलको फाइनलमा आश्चर्यजनक तरिकाले हार व्यहोर्रेको फ्रान्स यस विश्वकपमा भने सो सम्झना भुलाउंदै आफ्नो दाबेदारी पहिलो खेलमै प्रस्तुत गर्न चाहन्छ ।

सन् २०१६ मा सम्पन्न युरो कपको फाइनलमा पराजित भएको पिडा फ्रान्स २०१८ विश्वकपमा उत्कृष्ट खेलेर बिर्सन चाहान्छ । फ्रेन्च टिममा उत्कृष्ट फरवार्डहरु छन् । फ्रान्सेली प्रशिक्षक डिडियर डेस्चाम्सले पहिलो खेलमा राम्रो अन्तरको जित हात पार्नेमा आफु ढुक्क रहेको बताएका छन् । फ्रान्सभन्दा कमजोर आँकलन गरिएपनि अस्ट्रेलियन टिम सन्तुलित छ ।

अस्ट्रेलियाका टिम विश्लेषकले टिमका खेलाडीहरु जितका लागि भोका देखिएको बताएका छन् । प्ले अफबाट छनोट भएको अष्ट्रेलियन टोलीमा युवा र अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेको छ । तर, फ्रान्सको एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे र ओलिभर जिरु सम्मिलित अग्रपंक्तिलाई रोक्न भने अष्ट्रेलियालाई निकै कठिन हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?