‘ग्रुप अफ डेथ’ मानिएको समूहमा क्रोएसियाले नाइजेरियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं।  फिफा विश्वकप समूह ‘डि’ को दोस्रो तथा आजको अन्तिम खेलमा क्रोएसियाले अफ्रिकी राष्ट्र नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । 

सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको क्रोएसिया आजरातीको खेलमा जित हात पादै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् । गत विश्वकपमा नाइजेरियाको यात्रा पनि अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन् ।

त्यसैले रसियामा दुवै टिम पहिलो खेलमा राम्रो नजिता निकालेर सुखद सुरुवात गर्ने अभियानमा छन् । क्रोएसिया र नाइजेरिया समान स्तरका टिम हुन् । त्यसैले यि दुई टिमविचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

क्रोएसिया र नाइजेरिया पहिलो पटक विश्वकपमा भिड्न लागेका हुन् । गत संस्करणको विश्वकपमा क्रोएसियाले क्यामरुनलाई ४ गोलले हराएको थियो । यता नाइजेरियाले पनि विश्वकपमा युरोपियन टिम विरुद्ध ६ खेल खेल्दा एकमा जित हात पारेको थियो ।

स्ट्राइकर ओडिओन इग्हाल्गोले आजको खेलमा डेब्यू गदैछन् । क्रोएसियामा रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकिटिच जस्ता विश्व स्तरीय नामहरु रहेका छन् ।

अग्रपंक्तिमा पनि मारियो मान्डजुकिच छन् भने उसको डिफेन्स बलियो र अनुभवी रहेको छ । ठूलो प्रतियोगितामा आफ्नो क्षमता अनुसार प्रदर्शन नगरेको क्रोएसियाले आलोचना खेप्दै आएको छ । यस विश्वकपमा भने क्रोएसिया सो तथ्यलाई बदल्न चाहन्छ ।

नाइजेरियाको टोलीमा पनि युरोपको शीर्ष क्लबमा खेलिरहेका नामहरु छन् । भिक्टर मोजेज चेल्सीका लागि खेल्छन् भने एलेक्स इवोबी आर्सनलका लागि । त्यस्तै पूर्व चेल्सीका खेलाडी जोन ओबि मिकेलको भुमिका पनि मिडफिल्डमा महत्त्वपूर्ण रहेको छ ।

समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ मानिएकाले दुवै टोली ३ अंकसहित आफ्नो विश्वकप अभियान सुरु गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?