काठमाडौं। फिफा विश्वकपमा पोर्चुगलका स्टार खेलाडी क्रिस्चियानो रोनाल्डोले ४ वटा रेकर्ड बनाउँन सफल भएका छन् ।
स्टार स्ट्राइकर रोनाल्डोको ह्याट्रिक गर्दा पोर्चुगल र स्पेनले ३—३ गोलको बराबरी खेलेका थिए । रोनाल्डोले खेलको ८८ औं मिनेटमा फ्रि—किकमार्फत गोल गर्दै ३३ वर्ष १ सय ३० दिनको विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी पनि बनेका छन् । खेल जीवनमा रोनाल्डोको त्यो ५१ औं ह्याट्रिक थियो ।
भाग लिएका चारै विश्वकपमा गोल गर्ने चौथो खेलाडी बनेका रोनाल्डो ठूला ८ अन्तराष्ट्रियमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् । पोर्चुगल र स्पेनले बराबरी खेल्नुअघि समूह ‘बी’ को पहिलो खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।
रोनाल्डोले एक पछि अर्को खेलमा अनकुल नतिजा निकाल्दै समूह चरणबाट अघि बढ्ने योजना रहेको बताए । उनले पोर्चुगल उपाधीको दाबेदारी नभएको स्वीकार गर्दै बुधबार हुने मोरोक्कोविरुद्ध खेलमा उच्च प्रदर्शनको प्रयास गर्ने जानकारी दिए । रोनाल्डोले खेलको ४, ४४ औ र ८८ औ मिनेटमा गोल गरेर ह्याट्रिक गर्दा ४ रेकर्ड बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया