काठमाडौं । फिफा विश्वकपको समूह ’डी’ को अर्जेन्टिना र आइसल्याण्डविचको खेल एक—एक गोलको बराबरीमा सकिएको छ ।
विश्वकपको नवप्रवेशी टिम आइसल्याण्डले उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई १—१ गोलको बराबरीमा रोकेको हो । खेल सुरु भएको १९ मिनेट पनि बित्न नपाउदै अर्जेन्टिनाका लागी सर्जियो अग्युइरोले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
अग्युइरोले गोल गरेपछि निकै दबाबमा आएको आइसल्याण्डले गोल फर्कायो । २३ औ मिनेटमा आइसल्याण्डका लागी अल्फ्रेड फिन्बोगोसोनले गोल गदै खेललाई १—१ गोलको बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटको समयसम्म दुवै टिमले सुनौलो केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् ।
खेलको ६३ मिनेटमा मेजालाई डि बक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी हान्ने अवसर पायो । तर लियोनल मेसी गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता लिने सुन्दर मौका गुमायो । मेसीको पेनाल्टीलाई आइसल्यान्डका गोलकिपर हानेस हाल्डोर्सनले विफल पारेका थिए ।
अर्जेन्टिनी खेलाडीहरुको हौसला बढाउन डिएगो म्यारोडोना पनि मैदानमा पुगेका थिए । प्रतियोगितामा आइसल्याण्डका गोलरक्षक हानेस हाल्डोर्सन म्यान अफ दी म्याच चुनिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया