विश्वकपः क्रोएसियाको विजयी सुरुवात, ३ अंक जोड्दै समूह ‘डि’ को शिर्ष स्थानमा

काठमाडौं। फिफा विश्वकप फुटबल अन्तर्गत क्रोएसियाले विजयी सुरुवात गरेको छ । 

किलिनिङगार्ड रंगशालामा शनिबारराती भएको समूह ‘डि’ को खेलमा क्रोएसियाले नाइजेरियामाथि २—० गोलको जित दर्ता गराएको हो । सुरुवाती समयमा क्रोएसिया नाइजेरियामाथि हाबी भए पनि गोल गर्ने प्रयास असफल भएको थियो । नाइजेरियाले ३२ औ मिनेटमा आत्मघाती गोल गर्यो ।

ओग्हेनकारो इटेबोले आत्मघाती गोल गरेपछि खेलमा क्रोएसियाले १—० गोलको अग्रता लिएको थियो । पहिलो हाफसम्म अग्रता लिएको क्रोएसियाले दोस्रो हाफमा गोल गदै दोब्बर अग्रता बनायो । खेलको ७८ औ मिनेटमा नाइजेरिका विलियम एकोङले मान्डजुकिकलाई डिबक्स एरियामा फल गरेपछि क्रोएसियाले पेनाल्टीलाई हान्ने मौका पाएको थियो ।

सो अवसरलाई लुका मड्रिकले गोल गरे । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म थप गोल हुन सकेन् र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्यो । जितपछि ३ अंक जोडेको क्रोएसिया समूह ‘डि’ को शिर्ष स्थानमा छ । शनिबाररातीको खेलमा बराबरी खेलेको पूर्व विश्व च्याम्पियन अर्जेन्टिना र आइसल्याण्ड समान १—१ अंक जोड्दै क्रमश दोस्रो र तेस्रो स्थानमा छ । 
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?