काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पेरुलाई पराजित गर्दै डेनमार्कले जित हात पारेको छ ।
सरान्सकको मार्डोभिया एरेनामा भएको समूह ‘सी’ को खेलमा डेनमार्कले पेरुलाई १—० गोलले पराजित गदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएको थियो ।
डेनमार्कको लागी खेलको ५९ औ मिनेटमा युसुफ युरारी पाउल्सेनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितस“गै डेनमार्कले ३ अंक जोडेको छ ।
त्यस्तै, समान ३ अंक नै जोडेको फ्रान्स समूहको पहिलो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया