चिनियाँ मिडियाले ट्रम्पलाई मुर्ख भन्यो

एजेन्सी : चिनियाँ मेडियाले ५० अर्ब अमेरिकी डिलर बराबरको चिनियाँ सामान आयातमा २५ प्रतिशत महशुल लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई मूर्खको संज्ञा दिएका छन् ।

उनीहरूले भनेका छन् “बुद्धिमान मानिसहरूले पुल बनाउँछन तर मूर्खहरूले पर्खाल बनाउँछन् ।”

बेइजिङले बौद्धिक सम्पत्तिको कपीराइट चोरेको आरोप लगाउँदै ट्रम्पले चिनियाँ आयातमा महशुल लगाउने ट्रम्पले घोषणा गरे ।

चीनले पनि अमेरिकी वस्तुहरूमा २५ प्रतिशत थप कर लगाउने घोषणा गरेर जस्ताको त्यस्तै जवाफ दिएको हो ।

यो घोषणा भएपछि स्टक बजारमा गिरावट देखियो । व्यापार युद्ध हुने आंशकामा स्टक बजार ओरालो लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?