एजेन्सी : बेलायती सरकारले विश्वविद्यालयमा भिसा आवेदन प्रक्रिया सजिलो बनाउन एक सूची बनाएको छ ।
त्यो सूचीमा भारतीय विद्यार्थीलाई समावेश गरिएको छैन् ।
सरकारले करिब ६५ देशका विद्यार्थीहरूका लागि भिसा नीति बनाएको छ ।
सरकारले ६५ देशका विद्यार्थीका लागि श्रेणीबद्ध तालिका बनाएको छ त्यो तालिकामा भारतलाई हटाइएको छ ।
भिसा प्रक्रियामा गरिएको कठोर नियमलाई सहज बनाइएको छ ।
यो सूचीमा अमेरिका, क्यानाडा र न्युजिल्याण्ड पहिले देखि समावेश गरिएको थियो ।
अब यसमा चीन बहराइन र सर्बिया जस्ता देशलाई समावेश गरिएको छ ।
यी देशका विद्यार्थीहरूलाई बेलायतमा प्रवेश गर्न शिक्षा, वित्त एवं अंग्रेजीजस्ता मानकलाई कम जाँच पास गर्नुपर्ने सुविधा दिइएको छ ।
यो परिवर्तन ५ जुलाई देखि कार्यान्वयनमा आउनेछ । भारतीय विद्यार्थीहरूलाई कठोर जँच पास गर्नुपर्ने हुन्छ । यसका कडा आलोचना गरिएको छ ।
युके काउन्सिल फेरमइन्टरनेशन स्टुडेन्ट अफेयर्सका अध्यक्ष लर्ड करण विबलमोरियाले यसलाई भारतको अपमान भनी टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया