काठमाडौं। विश्वकप फुटबल अन्तर्गत आजराती हुने समूह ‘इ’ को पहिलो खेलमा कोस्टारिकाले सर्वियासँग भिड्दैछ ।
सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन कोस्टारिकाले समूह चरणमा इंग्ल्यान्ड, इटाली र उरुग्वेजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्नेछ । २०१८ को विश्वकप छनोटमा अमेरिकालाई ४–० गोलले पराजित गरेको थियो ।
सर्वियाले सन् २०१० पछि विश्वकपमा कमब्याक गरेको हो । समूह चरणमा सर्वियाले जर्मनीलाई १–० गोलले हराएको थियो । यसपटकको विश्वकपका लागि भएको युरोपियन छनोटमा समूह विजेता बनेको सर्वियाले आयरल्यान्ड, वेल्स र अस्ट्रियालाई पछि पारेको थियो ।
सर्बियाली टोलीले बोलिभिया विरुद्धको मैत्रीपूर्ण खेल ५–१ ले जितेको थियो । सर्वियाले विश्वकपमा उत्तर अमेरिकी टिमविरुद्ध खेलिएका पछिल्ला ३ खेलमा जित हात पारेको छ । सर्वियाले मेक्सिकोलाई सन् १९५० मा ४–१, होन्डुरसलाई सन् १९८२ मा १–० र सन् १९९८ मा अमेरिकालाई १–० गोलले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया