बुटवल । भैरहवाको नान्स होटलमा सञ्चालित मिनी क्यासिनोमा प्रहरीले छापा मारेको छ ।
अवैध ढंगले सञ्चालन भएको आशंकामा संघीय प्रहरी इकाई कार्यालय भैरहवाबाट खटिएको टोलीले क्यासिनोमा छापा मारेको हो ।
प्रहरीले उक्त क्यासिनोबाट चार र पाँचजना नेपाली ग्राहकपनि टेलिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा रखेको छ ।
कानुनले नेपाली ग्राहकहरुलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध गरेको छ ।
संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र ढकालका अनुसार नियन्त्रणमा लिएको नेपालीहरु क्यासिनोका कर्मचारी भएको क्यासिनो सञ्चालकले दावी गरे छन् । तर, उनीहरुको परिचयपत्र नभएकाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताए ।
होटल नान्सले सञ्चालन गरेको क्यासिनो अवैध भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको आधारमा सत्य तथ्य बुझ्न छापा मारिएको ढकालले बताए । उनले क्यासिनो सञ्चालन सम्बन्धी आधिकारिक कागजपत्र समेत मागेको बताए ।
२०६८ वैशाख १६ गते भैरहवास्थित होटल नान्समा मिनी क्यासिनो सञ्चालन गर्ने गरी रुपा इन्टरनेशनलले १० वर्षे सम्झौता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया