काठमाडौं। चीनको बेइजिङमा भएको कुङफु ट्रेनिङ क्याम्पमा सहभागी भएका नेपाली खेलाडी कमल मगर आइतबार स्वदेश फर्किएका छन् ।
अन्तर्राष्ट्रिय कुङफु महासंघको आयोजनामा भएको ट्रेनिङमा कमलले एक महिनासम्म बेइजिङ साउलिन उसु स्कुलमा प्रशिक्षण लिएका थिए । कमलले प्रशिक्षणमा धेरै कुरा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै पाएको ज्ञानलाई अन्य खेलाडीलाई पनि सिकाउने बताए ।
कमललाई उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भूपेन्द्र गुरुङ, कमलका परिवारका सदस्य, खेलाडी प्रशिक्षक लगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यसअघि नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि बेइजिङमै भएको सेमिनारमा सहभागी भइ स्वदेश फर्किसकेका छन् ।
५८ राष्ट्रका उमा कुङफुका पदाधिकारी सहभागी उक्त सेमिनारमा अध्यक्ष लामाले अन्तर्राष्ट्रिय उमा कुङफु महासंघका अध्यक्ष फु बियाओसंग पनि भेट गरेका थिए ।
अन्तर्राष्ट्रिय कुङफु महासंघले अध्यक्ष लामालाई नेपाल च्याप्टरको अध्यक्षमा पनि मनोनित गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया