नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

 नाइजेरिया– शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् ।

बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमणकारीले विष्फोट गराएका बताइएको छ ।

सरकार पक्षधर लडाकू नेता बाबाकुरा कोलोले भन्नुभयो, आक्रमण बोको हराम समूहले गराएको भन्ने बिषयमा कुनै शङ्का छैन । घटनापछि पनि ग्रिनेडको सहयोगमा घटनामा उद्धार गरिरहेका र उद्धारका समय वरपर बसेर हेरिरहेका सर्वसाधारणलाई आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । घाइतेमध्ये केही मानिसको अवस्था गम्भीर रहेको बताउदै मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ ।

नाइजेरियामा बोको हरामविरुद्ध लगातार सरकारले चलाएको सुरक्षा कारबाही पछि पछिल्लो समय बोको हरामका गतिविधिमा केही कमी देखिएका समय उत्तरी क्षेत्रमा पुनः आक्रमण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?