एजेन्सी : बिहारको राजधानी पटनामा एक चिनियाँ नागरिकसँग रक्सी फेला परेपछि पटना प्रहरीले उनलाई पक्राउ गरेका छन् ।
गर्दनीबाग थानाको क्षेत्रमा अनीसाबादस्थित एक नीजी अपार्टमेन्टमा ती चिनियाँ नागरिकसँग रक्सीका बोतलहरू फेला परेको थियो ।
प्रहरी अधिकारी अनिलकुमार सिंहका अनुसार प्रहरीले रक्सी पार्टी भइरहेको थाहा पाएर त्यहाँ जाँदा चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
फेला परेका दुई बोतल मध्ये एकको उपयोग गरिएको पाइएको छ ।
चिनियाँ मोबाइल कम्पनी ओप्पोका ९ जना विदेशी कर्मचारी त्यो अपार्टमेन्टमा बसिरहेको प्रहरीले जनाएको छ ।
छानबिनमा चिनियाँ नागरिकले अहिलेसम्म नाम खुलाएका छ्रैनन् । तर मिडियाका अनुसार ती चिनियाँको नाम वू चुआंगगयोंग रहेको छ ।
२०१६ अप्रिल ५देखि बिहारमा रक्सी पूर्णरूपमा बन्द गरिएको छ ।
रक्सी पिउनु, रक्सी आफूसँग राख्नु र रक्सीको खरिद बिक्री गर्नु दण्डनीय अपराध मानिएको छ ।यतिमात्र नभएर कुनै घरमा रक्सी फेला परे त्यो घर सरकारले जफतसम्मको कानुन बनाइएको छ ।
रक्सीसम्बन्धी कडा कानुनको विरोध र आलोचना भएयता मुख्यमन्त्री नीतीश कुमारले यसमा संशोधन गर्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया