एजेन्सी : अमेरिकी प्रथम महिला अमेरिकी राष्ट्रपतिकी पत्नी मेलानिया ट्रम्पले मेक्सिकोबाट अवैधरूपमा अमेरिका प्रवेश गर्नेहरूमध्ये आमाबाबु र बालबालिकालाई छुट्टयाउने नीतिबारे अमेरिकी राजनीतिक दलको ध्यानाकर्षण गरेकी छिन् ।
पत्नी ट्रम्पले भनिन् “ हामी देशको सबै कानुनहरूको अनुशरण गर्नपर्नेमा विश्वास गर्छौ ।”
मेलिनियाको भनाइले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शून्य सहनशीलताको विवदास्पद नीतिलाई अनुशरण गर्छ ।
हाल ६ साताको अवधिमा करिब २ हजार परिवारको बिछोड भयो ।
अवैध रूपमा अमेरिकामा प्रवेश गर्ने वयस्कहरूलाई हिरासतमा राखी फौजदारी अभियोग लगाइन्छ ।
यसको परिणम सयौं बालबालिकाहरूलाई हिरासत केन्द्रहरूमा राखिने गरिन्छ ।यसबाट ती बालबालिकाहरू आफ्ना आमाबाबुबाट अलग भइहाल्छन् । यो विषयमा अधिकारवादीले आलोचना गर्दै आएका छन् ।
अमेरिकी सदनका दुबै पार्टीका सांसदहरूलाई आग्रह गर्दै पत्नी ट्रम्पले यसरी आमाबाबुबाट अलग हुने बालबालिकाहरूको अवस्थाको अन्त्यका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति ट्रम्पले डेमोाक्रेट्स सांसदहरूलाई नयाँ कानुन बनाउन रिपब्लिकनहरूसँग मिलेर सहयोग गर्न आग्रह गरेका थिए ।
ट्रम्पको शून्य सहनशीलताको नीतिले गर्दा पहिला दुई सातामा ६५८ बालबालिकाहरूलाई हिरासत केन्द्रमा राखियो । यसमा शिशुहरूलाई आमाबाबुबाट छुट्टयाएर अन्तै हिरासतमा राख्ने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया