विश्वकपः जित कुन टिमको पक्षमा

काठमाडौं। विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियासँग खेल्दैछ । 

विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको यि दुई टिमविचको खेल निज्नी नोवगोरोड रंगशाला आज साझ ५ः४५ बजेपछि सुरु हुदैछ । साविक विजेता जर्मनीसँगै एकै समूहमा पारेको दुवै टिमलाई आजको खेल निकै महत्वपूर्ण छ । स्विडेनले १२ वर्षपछि विश्वकपमा कमब्याक गरेको हो ।

प्लेअफको खेलमा इटालीलाई पराजित गदै स्विडेनले विश्वकपको यात्रा तय गरेको थियो । यता दक्षिण कोरिया १० औ पटक विश्वकप खेल्दैछ । सन् २०१४ को ब्राजिल विश्वकपमा समूह चरणमा १ अंक मात्र जोडेको कोरिया जारी विश्वकपको दोस्रो चरणमा प्रवेश गर्न चाहान्छन् ।

डिफेन्सिप लाइन बलियो रहेको स्विडेनको फिनिसिङ लाइनमा समस्या देखिएको छ । विश्वकप अघिको खेलमा स्विडेनले डेनमार्क र पेरुसँग बराबरी खेलेको थियो ।

सन् १९४८ को ओलम्पिकमा कोरिया र स्विडेन भिडेका थिए । त्यतिबेला स्विडेनले कोरियालाई १२–० गोलको भारी अन्तरले पराजित गरेको थियो ।

पछिल्ला खेलेको तीन मैत्रीपूर्ण खेलमध्ये २ मा बराबरी र एकमा स्विडेनले २–० गोलको नतिजा निकालेको थियो । समग्रमा हेर्ने हो भने आजसाँझ हुने खेलमा स्विडेन कोरियामाथि हाबी हुने देखिन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?