प्रभु बैंकले २२ लाख ३१ हजार कित्ता शेयर लिलामी गर्दै

काठमाडौं । प्रभु बैंकले हकप्रदमा अवितरित २२ लाख ३१ हजार २ सय ६५ कित्ता लिलामीमा ल्याउने भएको छ ।

बैंकले असार ११ गतेदेखि संस्थापक समूहतर्फको १५ लाख ६० हजार २ सय ३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६३ कित्ता शेयर लिलनम बढाबढमा बिक्री खुला गर्न लागेको हो । 

अगामी असार ११ देखि १८ गतेसम्म इच्छुक लगानीकर्ताले लिलामी शेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् भने बैंकको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । 

लिलामी शेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।

संस्थापक शेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्ता सेयरका लागि निवेदन दिनुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?