नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको एकैदिन शेयर मूल्य समायोजन

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्जमा तीन बैंकको शेयर मूल्य समायोजन भएको छ । सांग्रीला डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।

बोनस वितरण गर्न तीनवटै कम्पनीले सोमबारदेखि शेयरधनी किताब बन्द गरेका हुन् । 

यसअनुसार तीनवटै कम्पनीका आइतबारसम्म कायम शेयरधनीले सो कम्पनीले प्रस्ताव गरेको बोनस तथा लाभांश पाउनेछन् ।

दुई अर्ब ४४ करोड ५२ लाख चुक्ता पूँजी रहेको सांग्रीला डेभलपमेन्ट बैंकको बोनसपश्चात दुई अर्ब ५० करोड ६३ लाख हुनेछ ।

यसैगरी ६३ करोड २१ लाख चुक्ता पूँजी रहेको श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको २६.५७ प्रतिशत बोनस पश्चात ८० करोड १ लाख ५० हजार पुग्नेछ भने मञ्जुश्री फाइनान्सको हाल चुक्ता पूँजी ७६ करोड ५ लाख रहेको छ । बोनस वितरणपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ४ लाख पुग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?