काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।
बीमा समितिले माघ ७ गते स्वीकृति प्रदान गरेसँगै माघ १३ गतेदेखि लागू हुने गरी पोखरले कम्पनीको सिइओमा नियुक्त भएका हुन् । पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्त गर्नका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएकोमा समितिले माघ ७ गते स्वीकृति प्रदान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले भारतीय बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका छन् ।
प्राइम लाइफमा इन्टर्नल अडिटरको रूपमा प्रवेश गरेका उनीसँग सूर्या लाइफमा सहायक महाप्रवन्धक ‘एजिएम’ हुँदै उपमहाप्रवन्धकको अनुभवसमेत छ ।
आइएमई लाइफ इन्स्योरेन्समा सुरुवाती ६ महिनामा प्रमुख भएर काम गरेका पोखरेलले अब रिलायन्स लाइफ इन्स्योरेन्सको नेतृत्व गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया