सुजुकीले सुरु गर्‍यो घरदैलोमै गाडी मर्मतको लागि ‘वर्कसप अन ह्वील’

लोकपथ
7
Shares

काठमाडौं । सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील (Workshop on Wheels) सुरु गरेको छ।

स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन् । कम्पनीको अनुसार ‘वर्कसप अन ह्वील’मा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् । जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्ने छन् ।

सुजुकीको अफ्टर सेल्स तथापार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठ अनुसार, ‘यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउँदा हामी हर्षित छौँ ।

यो चारपांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो । जसले ग्राहकको सबै सर्भिस सम्बन्धिकार्य गर्नेछ । यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ।

यो सेवा हाल काठमाडौँ, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?