ऐसेलुखर्कका १० विद्यालयमा बालविकास केन्द्रको कोटा

लोकपथ
77
Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले १० विद्यालयलाई प्रारम्भिक बालविकास केन्द्रको कोटा उपलव्ध गराउने निर्णय गरेको छ ।

गाउँपालिकाका ४३ विद्यालयमध्ये हालसम्म प्रारम्भिक बालविकास केन्द्र नभएका १० विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षक नियुक्तिका लागि कोटा उपलव्ध गराउने निर्णय गरेको हो ।

गाउँ कार्यापालिकाको बैठकको निर्णयअनुसार मासिक १५ हजार पाउनेगरी प्रारम्भिक बालविकास केन्द्रका शिक्षक नियुक्तिका लागि १५ दिने विज्ञापन आव्हान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । प्रारम्भिक बाललविकास केन्द्रका शिक्षक नियुक्तिलगत्तै १० विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रको पठन(पाठन सुरु हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका आठ माविमा कार्यरत सहायक कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । मासिक १५ हजार पाउँदै आएका सहायक कर्मचारीको तलबमा मासिक तीन हजार र मासिक १५ हजार पाउँदै आएका कार्यालय सहयोगीको तलबमा मासिक एक हजार पाँच सयले वृद्धि गरिएको हो ।

कार्यबोझका आधारमा गत १ साउनदेखि लागू हुनेगरी माविमा कार्यरत सहायक कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

गाउँपालिकाका ४३ वटै विद्यालयका प्रअलाई मासिक पाँच सयका दरले सञ्चार खर्च उपलव्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । प्रअले गत १ साउनदेखि लागू हुनेगरी सञ्चार खर्च पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?