काठमाडौं । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।
हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ । १४ मन्त्रालय रहेकाे बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया