इंग्ल्याण्डको संघर्षपूर्ण जित, कप्तान केनले गरे दुई गोल

काठमाडौं। रसियामा जारी फिफा विश्वकप अन्तर्गत समूह ’जी’ को खेलमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । 

सोचीस्थित फिस्ट ओलम्पिक रंगशालामा सोमबारराती सम्पन्न खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेल सुरु भएको ११ मिनेट पनि बित्न नपाउदै इंग्ल्याण्डका लागी कप्तान ह्यारी केनले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए ।

केनले गोल गरेपछि निकै आक्रामक बनेको ट्युनिसियाका लागी फेर्जानी ससीले पेनाल्टीमार्फत गोल गदै खेललाई एक—एक गोलको बराबरी पुर्याए । श्यम बने युसेफलाई इंग्ल्याण्डका केल वाल्करले डिबक्स एरियामा फल गरेपछि ट्युनिसियाले पेनाल्टी हान्ने अबसर पाएको थियो ।

प्रतिस्पर्धँत्मक खेलको पहिलो हाफसम्म दुवै टिम एक—एक गोलको बराबरीमा रोकिएको थियो । विश्वकप फुटबलमा दोस्रो पटक भिडेको इंग्ल्याण्डलाई दोस्रो हाफमा पनि ट्युनिसियाले कडा टक्कर दिएका थिए ।

खेलको इन्जुरी समयमा केनले गोल गदै टिमलाई जित दिलाए । जितपछि ३ अंक जोडेको इंग्ल्याण्ड तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको बेल्जियमले पनि ३ अंक नै जोडेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?