एजेन्सी : सिंगापुरमा आयोजित क्षेत्रीय सुरक्षा सम्मेलनमा अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले दक्षिण चीन सागरमा चिनियाँ सैनिकको तैनाथीबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चीनले यसबारे मुख सम्हालेर बोल्न चेतावनी दिएको छ ।
अमेरिकी रक्षामन्त्री म्याटिसले चीनले दक्षिण चीन सागरमा अफ्ना सैनिक शक्तिलाई बढाएर छिमेकीहरूलाई डराइरहेको आरोप लगाएका थिए ।
म्याटिसको यो अभिव्यक्तिलाई चीनले गÞैर जिम्मेवार भनि टिप्पणी गरेको छ ।
प्रेससम्मेलनलाई सम्बोधन गर्दै चीनका लेफ्टिनेन्ट जनरल ही लीले भने “ आफ्नो क्षेत्रमा फौज र हतियारको तैनाथी गर्न पाउने पूरा अधिकार चीनसँग छ ।”
ही लीले पनि अमेरिकी रक्षामन्त्रीको अभिव्यक्तिको जवाफ सिंगापुरको क्षेत्रीय सुरक्षा सम्मेलनमै यस्तो जवाफ फर्काए ।दक्षिण चीन सागरमा सेना तैनाथी गिर्नु चीनको राष्ट्रिय सुरक्षा नीतिको हिस्सा भएको समेत उनले स्पस्ट पारे ।
तर यहाँ हतियार र सेना तैनाथ गर्नु कसलौ कब्जा गर्न नभएको उनले जनाए । साथै उनले यो विषयमा कसैले बोले त्यसलाई हामीले चीनको आन्तरिक मामिलामा गरिएको हस्तक्षेपको रूपमा लिने चेतावनी समेत दिए ।
यसैगरी एक प्रश्नको जवाफ दिँदै अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ज्वान्ट स्टाफ निर्देशक केनेथ मेकेन्जीले अमेरिकी सेनासँग पश्चिमी प्रशान्त महासागरका साना साना टापूहरूलाई नस्ट गरेको अनुभव रहेको र यस्तो गर्न सक्नु अमेरिकी सेनाको मुख्य सैन्य क्षमतामा समावेश गरिएको बताए ।
मेकेन्जीको यो धम्कीको जवाफ चीनले आफ्नो सरकारी अखबार ग्लोबल टाइम्सको सम्पादकीय लेख मार्फत दिएको छ ।
टाइम्सले लेखेको छ– चीनको सेनासँग चीनका टापूहरूमा हुने कुनै पनि हमलालाई नस्ट गर्न सक्ने क्षमता रहेको छ ।
जुन क्षमता अन्तर्गत सैनिक अड्डा र सहायक सामुद्रिक प्लेटफार्मलाई ध्वस्त गर्न सक्ने क्षमता चिनियाँ सेनाको मुख्य क्षमतामा समावेश गरिएको छ । टाइम्सले अगाडि लेखेको छ “परमाणु शक्ति सम्पन्न चीनसँग अमेरिकाले युद्ध गर्नबारे सोचेर मूर्खताको प्रदर्शन गर्न सक्दैन् ।”
चीनले जनाए अनुसार यस क्षेत्रमा कुनै पनि देशको भन्दा बढी सैन्य तैनाथी अमेरिकाको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया