एजेन्सी : चीन र भारतबीचको सम्बन्धले अर्को डोक्लाम सीमाको जस्तो तनाव लिन नसक्ने भन्दै भारतका लागि चिनियाँ विशेषदूतले भारतलाई पाकिस्तानसँगको सीमा विवाद सुल्झाउन सुझाउ दिएका छन् ।
विशेष प्रतिनिधिहरूको माध्यमबाट पाकिस्तानसँगको सीमा विवादबारे दुई पक्षलाई स्वीकार हुने सक्ने एक सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताउँदै भारतका लागि चिनियाँ विशेषदूत लुओ झाउहुइले यस्तो सुझाव दिएका हुन् ।
चिनियाँ विशेषदूतले भारत चीन र पाकिस्तानको उपस्थितिमा यसको समाधान खोज्नु एक संरचनात्मक विचार भएको बताए ।
चीन भारत सम्बन्धमा मतभेद हुनु स्वाभाविक भएको बताउँदै उनले भने त्यसलाई सहयोगको माध्यमबाट नियन्त्रण र व्यवस्थित गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने “ हाम्रा मतभेदहरूलाई सहयोगको विस्तार गरी नियन्त्रण, व्यवस्थापन र घटाउनुपर्ने आवश्यकता छ ।सीमाका सवालहरू इतिहासबाट भइआएका छन् । हामीलाई परस्पर स्वीकार गर्न सकिने समाधानको खोजी विशेष प्रतिनिधिहरू मार्फत खोज्नुपर्ने आवश्यकता छ । यसका लागि विश्वसनीय मापदण्डको निर्माण गर्ने विधि बनाएर जानुपर्छ । हामी अर्को डोक्लामको तनावका लागि खडा हुन सक्दैनौं ।”
चिनियाँ दूतावासले नयाँ दिल्लीमा “बियोन्ड उहान ः हाउ फार एन्ड फास्ट क्यान चाइना–इन्डिया रिलेसन्स गो” शीर्षकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
डोक्लाम सीमामा दुई देशका सेना ७३ दिनसम्म तैनाथ थिए । यो डोक्लाम भारत भुटान र चीनको सीमामा पर्छ ।
डोक्लामको तनावले नाथुला बोर्डरबाट कैलाश मानसरोवरको यात्रा, दुई देशबीचको सैन्य अभ्यास खारिज गरिए । ब्रह्मपुत्र र सिन्धुनदीको उद्गमस्थलबारे जानकारी दिने कार्यहरू भएन ।
यो वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिनबीच दुई पटक भेटवार्ता भएको छ । वुहान र किन्गदाओमा गत दुई महिना भित्र दुई पटक मोदी र जिनपिनबीच भेटवार्ता भयो ।
विशेषदूतले यो वर्ष पछि यी दुई नेताहरूले ब्रिक्स शिखर सम्मेलन र जी २०को शिखर सम्मेलनको क्रममा भेटवार्ता गर्ने भएको बताए ।
संघाई सहयोग संगठनका ८ सदस्य मध्ये तीन प्रमुख स्तम्भमा भारत चीन र पाकिस्तान रहेको उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया