ट्रम्पद्वारा चिनियाँ सामानमा थप महशुल थप्ने चेतावनी

एजेन्सी : व्यापार युद्धको आंशका बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा महशुल थप्ने चेतावनी दिएका छन्।

चीनले आफ्नो व्यवहार परिवर्तन गर्न अस्वीकार गरे १० प्रतिशत महशुल थपिने ट्रम्ले चेताए ।

ट्रम्पको यो कदमले चीन र अमेरिकाबीचको व्यापार युद्ध विवादलाई चर्काउने देखिएको छ ।

ट्रम्पले चीनले अमेरिकाबाट वर्षौ देखि व्यापार असन्तुलनबाट अन्यायपूर्ण तबरले फाइदा लिइँदै आएकोमा जोड दिए ।

गत साता ट्रम्पले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत महशुल लगाउने घोषणा गरेका थिए ।

बेइजिंगले पनि ५० अर्ब अमेरिकी डलर बराबरको  ६५९ किसिमका अमेरिकी उत्पादनमा  महशुल थप्ने जनाएको थियो ।

अमेरिका चीनबीचको व्यापार तनावका कारण सोमबार स्टक बजार ओरालो लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?