काठमाडौं। रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ मा रहेको जापानले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।
सारांस्कस्थित मार्डाेभिया एरिनामा यि दुई टिमविचको खेल नेपाली समयअनुसार आजसाँझ ५ः४५ बजे देखि सुरु हुदैछ । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा जापान र कोलम्बिया एउटै समूहमा पारेको थियो । त्यतिबेला समूह चरणको खेलमा कोलम्बियाले जापानलाई ४–१ गोलले पराजित गदै प्रि—क्वार्टरफाइनलमा पुगेको थियो ।
नकआउट चरणमा उरुग्वेलाई हराएर पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको कोलम्बिया ब्राजिलसँग २–१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
ब्राजिल विश्वकपमा कोलम्बियाले समूह चरणमा उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । स्टार खेलाडी जेम्स रोड्रिगेजसँग अन्तराष्ट्रिय खेल अनुभवको कुनै कमी छैन । यता राडामेल फल्काओले विश्वकपमा डेब्यू गर्दैछन् । फल्काओ गत संस्करणमा घाइते भएका कारण टिममा थिएनन् ।
सन् १९९८ देखि लगातार विश्वकप खेलिरहेको जापानले भने सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन् । जापानले लगातार छैटौं पटक विश्वकपमा खेल खेल्दैछ । जापानले यसअघि सन् २००२ र २०१० मा प्रि—क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
अघिल्लो संस्करणमा कोलम्बियासँग भोगेको हारका कारण समूह चरणबाटै बाहिरिएको जापान यसपटक नकआउट चरणसम्म पुग्ने लक्ष्य रहेको छ ।
अन्य संस्करणमा भने जापान समूह चरणबाटै बाहिरिएको थियो । जापानका प्रशिक्षक अकिरा निशिनोले अग्रपंक्तिमा विशेष ध्यान दिदै आजको खेलमा जित हात पार्ने नयाँ रणनीति प्रयोग गर्ने बताए ।
जापान र कोलम्बिया अहिलेसम्म ३ पटक आमने—सामने भएका छन् । जसमा दुई खेल कोलम्बियाले जितेको थियो भने एकमा बराबरी खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया