मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीका रुपमा लिइन्छ । फिल्ममा मात्र नभएर उनलाई वास्तविका जिन्दगीमा पनि सहयोग गर्ने अभिनेत्रीका रुपमा चिनिन्छ ।
हालै दीपिकाको बिल्डिङमा आगो लाग्यो तर ठूलो दुर्घटना हुनबाट ट¥यो । उनी मुम्बईको जुन बिल्डिङमा बस्छिन्, उक्त बिल्डिङमा अचानक बिजुली सर्किट भएर आगो लाग्यो । उक्त आगो दीपिका फ्लोरमा नभएर माथिल्लो फ्लोरमा लागेको थियो ।
त्यो समयमा दीपिकाले हिम्मत गरिन् र आफूलाई के हुन्छ भन्ने प्रवाह नगरी आगो सिँढी चढ्दै आफै आगो निभाउन तयार भइन् । उनको यो काम देखेर अरुको पनि हौसला बढ्यो र सबै उनको काममा साथ दिन थाले ।
बिजुली सर्किटका कारण सुरक्षालाई ध्यानमा राख्नै पूरै बिल्डिङ खाली गरियो, बिल्डिङको चारैतिर पानी नै पानी भएको थियो । यस्तो अवस्थामा दीपिकाले अरु मान्छेको हौसला बढाउने काम गरिन् ।
यस्तो बेलामा अरु भएको भए भाग्नतिर लाग्थे तर दीपिका दिमाग लगाएर अरुलाई नै सहयोग गर्न थालिन् । दमकलकर्मीले पनि उनलाई धन्यवाद दिए भनेर भारतीय मिडियाहरुले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया