रसिया र इजिप्टको खेलसँगै समूह चरणको दोस्रो खेल सुरु

रसिया। फिफा विश्वकप फुटबल अन्तर्गत आजरातीबाट समूह चरणको दोस्रो खेलहरु सुरु हुदैछ । 

समूह ‘ए’ अन्तर्गत आयोजक रसियाले इजिप्टसँग प्रतिस्पर्धा गर्दै समूह चरणको दोस्रो खेलको सुरुवात गर्दैछ । यि दुई टिमविचको खेल सेन्ट पिटर्सवर्ग रंगशालामा राती ११ः४५ बजेपछि सुरु हुनेछ । आयोजक राष्ट्र र घरेलु समर्थक पाएको रसियाले इजिप्टलाई पुरै प्रेसरमा राख्दै जित निकाल्ने रणनितीका साथ मैदानमा उत्रदैछ ।

समूह चरणको पहिलो खेलमा साउदी अरेबियालाई ५—० को भारी गोल अन्तरले पराजित गरेको रसियाको मनोबल उच्च रहेको छ । साउदी अरेबियाविरुद्ध २ गोल गरेका डेनिस चेरीसेभले आजको खेलमा निखारिएको र उत्कृष्ट प्रर्दशन गर्ने खेल विश्लेषकहरुको अनुमान रहेको छ ।

आजको खेलमा जित हात पारे रसियाले ६ अंक बनाउदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाउनेछ । पहिलो खेलमा उरुग्वेसँग १—० को हार व्यहोरेको इजिप्ट रसियालाई रोक्ने प्रयासमा हुनेछ ।

स्टार खेलाडी मोहमद सलाह आजको खेलमा मैदानमा उत्रर्न सक्ने सम्भाबना धेरै रहेको बताइएको छ । सलाह गत महिना भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए । उरुग्वेविरुद्धको खेलमा पनि सलाह मैदान प्रवेश गरेका थिएनन् ।

रसियाविरुद्धको खेलमा जित निकालेमा इजिप्टले पनि नकआउट चरणमा पुग्ने आशालाई जिवितै राख्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?