रसिया। रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ मा रहेको जापानले विजयी सुरुवात गरेको छ ।
सारांस्कस्थित मार्डाेभिया एरिनामा आजसाँझ भएको खेलमा जापानले कोलम्बियालाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गदै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो । खेल सुरु भएको ३ मिनेटपनि बित्न नपाउदै कोलम्बियाका कार्लोस सान्चेजले डिबक्स एरियामा फल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
खेलको छैटो मिनेटमा जापानका कागावाले पेनाल्टीमार्फ गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी विश्वकपमा रातो कार्ड खाने सान्चेज पहिलो खेलाडी हुन् । १० खेलाडीमा सिमित कोलम्बियाले ३९ औ मिनेटमा बराबरी गोल फर्कायो । जुवान कुन्तोरोले फ्रिकिकमार्फत गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म बराबरीमा रोकिएको जापान दोस्रो हाफमा कोलम्बियाविरुद्ध हाबी देखिएको थियो । ७३ औ मिनेटमा ओसाकाले गोल गदै खेललाई दुई—एकको स्थितीमा पुर्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल जापानले आफ्नो पक्षमा पार्यो ।
जितपछि जापानले ३ अंक जोडेको छ । यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको समूह चरणको खेलमा कोलम्बियाले जापानलाई ४–१ गोलले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया